हाम्रो पुर्ण जानकारी...

Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)

Thursday, March 24, 2016

झापा, राजगढमा नयाँ प्रविधिबाट च्याउ खेती शुरु !


झापाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहा ले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गर्नुभएको छ ।कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने जनाउदै उहाँले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन गर्न शुरु गर्नु भएको हो । सामान्यतया च्याउ उत्पादनका लागि टुक्र्याएको पराललाई पकाएर च्याउ खेती गरिदै आएपनि साहाले चिसो पानीमा पराललाई भिजाएर च्याउ खेती गर्नु शुरु गर्नुभएको छ ।

यसरी उत्पादन गरिएको च्याउ पूर्ण रुपमा अग्र्यानिक र मानव स्वास्थ्यका लागि अति उपयोगी हुने उहाँको भनाई छ । काँचो प्रविधिको च्याउ कम खर्चमा उत्पानद गर्न सकिने जनाउदै उहाँले नेपालमा नै यो प्रविधि आफूले पहिलो पटक भित्र्याएको दावीसमेत गर्नु भएको छ । २०५८ सालबाट च्याउ खेती गर्दै आउनु भएका साहाले तीन वर्ष अघिबाट मात्रै यो प्रविधि नेपालमा भित्र्याएको बताइएको छ । तीन वर्ष अघिदेखि आफूले काँचो प्रविधिको च्याउ खेती गर्दै आएपनि झापामा पनि पहिलो पटक आफूले काँचो प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गरेको उहाँले बताउनुभयो ।

साहाले अहिले राजगढ – ४ मा १० कठ्ठा जमिन भाडामा लिएर व्यवसायिक च्याउ खेती गर्दै आउनुभएको छ । झण्डै साढे ६ लाख रुपैयाँको लगानीमा उहाँले डीएम् च्याउ फर्म दर्ता गरेर साढे ५ सय सिलिन्डर च्याउ लगाउनुभएको छ । केही दिन भित्र ४ वटा टहरामा दुई हजार सिलिनडर च्याउ लगाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । च्याउ खेतीका लागि भारतको वंगालस्थित हल्दिवारीमा गएर च्याउ प्रविधिकको तालिम समेत लिएर आउनुभएका साहाले पोखरा, काठमाडौं हुँदै पछिल्लो समय राजगढमा यो प्रविधिबाट च्याउ खेती गर्न शुरु गर्नुभएको हो ।

झापालाई च्याउ खेतीका लागि प्रख्यात जिल्लाका रुपमा चिनाउने र काँचो प्रविधिबाट उत्पादित च्याउ पाइने गाविसको रुपमा राजगढलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । उत्पादित च्याउ अहिले झापामा नै खपत भइरहेको र निकट भविश्यमा पोखरा र काठमाडौंसम्म निर्यात गर्ने तयारी सहित च्याउ खेती शुरु गरेको साहाको भनाई छ ।साहाले अहिले प्रति सिलिन्डर ८ केजीसम्म च्याउ उत्पादन गर्दै आउनुभएको छ ।

च्याउको वजार मूल्य एक सय ६० रुपैयाँ प्रतिकेजी भएपनि उहाँले अहिले एकसय ३० रुपैयाँमै च्याउ विक्री बितरण गर्दै आउनु भएको छ । साढे ६ लाख रुपैयाँ खर्च गरेर फर्म सञ्चालन गर्नुभएका साहाले पहिलो लटमा साढे पाँचलाख भन्दा बढीको च्याउ विक्री गर्ने र दोस्रो लटबाट मासिक एकलाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।


साभार - "I am proud to be Jhapali"

0 comments:

Post a Comment

हजुरहरुको उचित सल्लाहको अपेक्षा यहाँ हुनेछ...

हाम्रो बारेमा...♠

All Blog in One...♠

ताजा पोस्टहरु...♠

Blog Archive...♠

Foot Visitors...♠

Radio Rajgadh Pro...♠