हाम्रो पुर्ण जानकारी...

Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Thursday, March 24, 2016

झापा, राजगढमा नयाँ प्रविधिबाट च्याउ खेती शुरु !


झापाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहा ले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गर्नुभएको छ ।कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने जनाउदै उहाँले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन गर्न शुरु गर्नु भएको हो । सामान्यतया च्याउ उत्पादनका लागि टुक्र्याएको पराललाई पकाएर च्याउ खेती गरिदै आएपनि साहाले चिसो पानीमा पराललाई भिजाएर च्याउ खेती गर्नु शुरु गर्नुभएको छ ।

यसरी उत्पादन गरिएको च्याउ पूर्ण रुपमा अग्र्यानिक र मानव स्वास्थ्यका लागि अति उपयोगी हुने उहाँको भनाई छ । काँचो प्रविधिको च्याउ कम खर्चमा उत्पानद गर्न सकिने जनाउदै उहाँले नेपालमा नै यो प्रविधि आफूले पहिलो पटक भित्र्याएको दावीसमेत गर्नु भएको छ । २०५८ सालबाट च्याउ खेती गर्दै आउनु भएका साहाले तीन वर्ष अघिबाट मात्रै यो प्रविधि नेपालमा भित्र्याएको बताइएको छ । तीन वर्ष अघिदेखि आफूले काँचो प्रविधिको च्याउ खेती गर्दै आएपनि झापामा पनि पहिलो पटक आफूले काँचो प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गरेको उहाँले बताउनुभयो ।

साहाले अहिले राजगढ – ४ मा १० कठ्ठा जमिन भाडामा लिएर व्यवसायिक च्याउ खेती गर्दै आउनुभएको छ । झण्डै साढे ६ लाख रुपैयाँको लगानीमा उहाँले डीएम् च्याउ फर्म दर्ता गरेर साढे ५ सय सिलिन्डर च्याउ लगाउनुभएको छ । केही दिन भित्र ४ वटा टहरामा दुई हजार सिलिनडर च्याउ लगाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । च्याउ खेतीका लागि भारतको वंगालस्थित हल्दिवारीमा गएर च्याउ प्रविधिकको तालिम समेत लिएर आउनुभएका साहाले पोखरा, काठमाडौं हुँदै पछिल्लो समय राजगढमा यो प्रविधिबाट च्याउ खेती गर्न शुरु गर्नुभएको हो ।

झापालाई च्याउ खेतीका लागि प्रख्यात जिल्लाका रुपमा चिनाउने र काँचो प्रविधिबाट उत्पादित च्याउ पाइने गाविसको रुपमा राजगढलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । उत्पादित च्याउ अहिले झापामा नै खपत भइरहेको र निकट भविश्यमा पोखरा र काठमाडौंसम्म निर्यात गर्ने तयारी सहित च्याउ खेती शुरु गरेको साहाको भनाई छ ।साहाले अहिले प्रति सिलिन्डर ८ केजीसम्म च्याउ उत्पादन गर्दै आउनुभएको छ ।

च्याउको वजार मूल्य एक सय ६० रुपैयाँ प्रतिकेजी भएपनि उहाँले अहिले एकसय ३० रुपैयाँमै च्याउ विक्री बितरण गर्दै आउनु भएको छ । साढे ६ लाख रुपैयाँ खर्च गरेर फर्म सञ्चालन गर्नुभएका साहाले पहिलो लटमा साढे पाँचलाख भन्दा बढीको च्याउ विक्री गर्ने र दोस्रो लटबाट मासिक एकलाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।


साभार - "I am proud to be Jhapali"

Wednesday, September 9, 2015

राजगढका स्थानीयवासीले गरे हात्तीको सामुहिक पूजा

[सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल ]

राजगढ,भदौ २३। दक्षिणी झापाको राजगढमा दिनहुँ जसो जंगली हात्तीले स्थानीयको घर भत्काउन थालेपछि भगवानको अवतार मान्दै त्यहाँका स्थानीयवासीले आज सामुहिक रुपमा हात्तीको पूजा गरेका छन् ।
SAMSUNG CAMERA PICTURES
SAMSUNG CAMERA PICTURES
गाउँमा हात्तीको प्रवेश रोक्न राजगढ बजार दक्षिणका झण्डै तीनसय घर परिवारले राजगढ–५ स्थित गच्छीमारी नजिकै मनकामना सामुदायिक वनमा हात्तीको सामुहिक पूजा गरेका हुन् । मंगलवार भगवान गणेशको उत्तम वार रहेको र हात्तीलाई गणेश भगवानको अवतार मान्दै तीनजना पण्डितद्वारा सामुहिक मन्त्रोच्चारण गरी हात्तीको सामुहिक पूजा गरिएको राजगढ–५ का स्थानीयवासी मित्र बरालले बताउनुभयो । राजगढ– ५,६,३,१ तथा ९ नम्वर वडाका स्थानीयवासीले आ – आफ्नो घरबाट पूजाका लागि सामाग्री ल्याउँदै उनीहरुले हात्तीको प्रवेशद्वारा मानिएको अन्धुवा खोलाको डिलमा विधि पूर्वक हात्तीको पूजा आरधना गरेका थिए ।
मनकामना सामुदायिक वन क्षेत्रमा रहेका तीनवटा हात्तीले दिनहुँजसो गाउँ पसेर दुःख दिन थालेपछि पौराणिक मान्यताका आधारमा हात्तीको पूजा गरिएको बताउनुहुन्छ स्थानीय विष्णुकुमार दाहाल । उहाँका अनुसार हात्तीको प्रवेश रोक्न पण्डित हरिकृष्ण रिमाल,प्रकाश दाहालसहितका तीन जना पण्डितद्वारा मन्त्रोच्चारण गरी हात्तीको विधि पूर्वक पूजा आरधना गरिएको छ । जंगली हात्तीले राजगढका मणिकुमार लिम्बू,लखनवहादुर दर्जी,गीता दाहाल, गुणराज राई,ललिता मगर,कुमार प्रसाई, मानवहादुर घिमिरे , भीमवहादुर मोक्तान,विशाल मोक्तान, वावूलाल मुर्मू,ठेम्का सोरेन,लेठू मडी लगायत राजगढ– १,३,५ र ९ नम्वर वडाका ३० जना भन्दा बढीको घरमा क्षति पु¥याएको साधुपर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यामवहादुर गौतमलले बताउनुभयो । हात्तीले मानवीय क्षति नपु¥याएपनि केही समय अघि राजगढका एक स्थानीयवासीलाई शौच गर्न गएको समयमा आक्रमण गरी घाइते बनाएको थियो ।
गाउँका युवा रोजगारीको खोजीमा विदेश गएको र घर गाउँमा वृद्धवृद्धा,महिला तथा वालवालिका मात्र रहेकाले राति हात्तीले गाउँ प्रवेश गरेर क्षति पु¥याउने डरले त्यहाँका स्थानीयवासी अहिले चिन्तित बनेको बताउनुहुन्छ मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद ढकाल । उहाँ भन्नुहुन्छ – ‘पौराणिक मान्यतालाई हामीले बिर्सिएकाले हात्तीलाई गाउँ प्रवेशमा रोक्न यो विधि उपयुक्त हुन्छ कि भनेर हामीले सामुहिक हात्तीको पूजा गरेका हौं । ’
SAMSUNG CAMERA PICTURES
SAMSUNG CAMERA PICTURES
सृजना कृतन मण्डालीको आयोजनामा पूजाको आयोजना गरिएको स्थानीयवासी नरेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार पीठोद्वारा तयार पारिएको हात्तीको मूर्तिलाई पूजास्थलमा राखेर हात्तीको पूजा अरधना गरिएको थियो ।
यता हात्तीले क्षति पु¥याएका स्थानीयवासीले भने आफूहरुले सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले राजगढको दक्षिणी भेगलाई हात्ती पीडित क्षेत्र घोषणाको पनि माग गरेका छन् ।
‘हात्ती खेदाउन प्रहरीलाई बोलाउँदा तेल माग्छन्’
जंगली हात्तीले राजगढमा दिनहुँ दुःख दिन थालेपछि त्यहाँका स्थानीयवासीले प्रहरीको सहयोग माग्दा प्रहरीले आफूहरुसंग तेल माग्ने गरेको बताएका छन् । हात्ती खेदाउन प्रहरीको सहयोग माग्दा उल्टै हामीसंग तेल मागेर हैरान बनाउने गरेको स्थानीय विष्णुकुमार दाहालले बताउनुभयो । यहाँका स्थानीयवासी हात्तीले घर भत्काएर त्यसै पीडित बनेका छन् त्यसमाथि प्रहरी नै उल्टै गाडीमा तेल हाल्न लगाउँछन् यो कहाँसम्मको न्यय संगत हो उहाँले उल्टै प्रश्न गर्नुभयो । उहाँमात्र होइन त्यहाँका अधिकांशले हात्ती खेदाउन प्रहरी आए वापतमा आफूहरुले गाडीमा तेल हाल्नुपर्ने गुनासो गरेका छन् ।
इलाका प्रहरी कार्यालयमा रहेको सवारीका लागि इन्धन खर्च भन्दै राजगढ गाविसले वार्षिक ९० हजार भन्दाबढी पैसा दिने गरेपनि प्रहरीले पटक पटक हात्तीबाट पीडित भएका व्यक्तिसंग तेल हाल्न पैसा मागेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी भीमबहादुर दाहालले जिल्लाले कसैलाई तेल माग्न नभनेको र कसैले मागेको भए कारबार्ही हुने बताए । पूर्वाञ्चलकर्मीसंगको सम्र्पकमा उनले के कारबार्ही हुन्छ भन्दा उक्त कारबार्ही भने उनले खुलाइएनन् । रनजगढ प्रहरीले यसअघि मुद्धा मिलाए बापत १० लिटर तेल माग्ने गरेको रहस्य सार्वजानिक भइसकेको छ ।
पटक–पटक तेल मागेर हैरानी बनाउदा समेत जिल्लाले राजगढ प्रहरी कार्यालयका प्रमुखलाई कुनै कारबार्ही गर्न सकेको छैन् ।
दिउसो सुतेर राति जागै
गाउँका सवैजसो युवा विदेशमा छन् । कोही जागिरको सिलसिलामा राजगढ भन्दा बाहिर बस्छन् । गाउँमा बुढा पाका,महिला तथा केटाकेटीहरुको संख्या बढी भएको बताउनुहुन्छ राजगढ–५ का रमेश निरौला । गाउँ घरमा दिनहुँ साझ पर्न नपाई जंगली हात्तीले विगत दुई महिनादेखि उपद्रो मच्चाउँदै ३० जना भन्दा बढीको घरमा क्षति पु¥याएपछि आफूहरुले गाउँको सुरक्षाका लागि रात्री गस्ती सुरु गरेको निरौलालले बताउनुभयो । उहाँले आफूहरु दिउँसो सुत्ने गरेको र राति हात्तीको ड्युटी गर्न जागै बस्ने गरेको बताउनुभयो । केही युवा विदेशबाट घर आएका छन् उनीहरुसंग मिलेर हामी राति गस्ती गर्छौं उहाँले भन्नुभयो । हात्तीको गस्तीका लागि मनकामना सामुदायिक वन समूहमा टहरा बनाएर गाउँका केही अग्रज व्यक्तिलाई लिएर राति जाग्राम वस्नुको विकल्प छैन उहाँले भन्नुभयो ।
जिल्ला वनले टर्च समेत नदिएको गुनासो
हात्ती नियन्त्रणका लागि सहयोग माग्न आफूहरु जिल्ला बन कार्यालय गएपनि आफूहरुलाई जिल्ला वन कार्यालय झापाले टर्च लाइटसमेत उपलव्ध नगराएको स्थानीले आरोप लगाएका छन् । पूर्वाेत्तर झापाको वाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि लाखौ रुपैयाँ लगानी गर्ने तर राजगढ लगायत हात्ती पीडित दक्षिणी क्षेत्र जलथल,घेरावारीमा कुनै सहयोग नभएको उनीहरुको भनाई छ । यता जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारीले सहयोग गरेको जिकिर गरेका छन् ।
उनले ब्यक्तिपच्छिे सहयोग गर्न नसकिने बताए । उनले हात्तीलाई आतंकित नबनाउन अनुरोध गर्दै गाविसबाट सामुहिक पहल गर्नुपर्ने धारणा बताए । उनले राजगढका लागि २ वटा र्टच लाइट र एउटा साइरन उपलब्ध गराइसकेको जानकारी समेत दिए । उनले सामुदायिक वनहरुले समेत हात्ति नियन्त्रणमा पहल गर्नुपर्ने विचार ब्यक्त गरे । उनले जिल्लाका धेरै गाविसहरु हात्तिवाट पिडित भएकाले सबै तिर ध्यान पु¥याउनु पर्ने भएकाले समस्या भएको बताए ।
साभार - Purwanchal Dainik

हाम्रो बारेमा...♠

All Blog in One...♠

ताजा पोस्टहरु...♠

Blog Archive...♠

Foot Visitors...♠

Radio Rajgadh Pro...♠