हाम्रो पुर्ण जानकारी...

Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)

Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

Friday, May 22, 2015

आदरणीय श्रोता, पाठक आगन्तुक मित्र वर्ग ज्युहरु !

आदरणीय श्रोता, पाठक आगन्तुक मित्र वर्ग ज्युहरु !
मिती २०७२ साल बैशाख - १२ गते शनिबार देखि नेपालमा आएको निरन्तर भुकम्पका कारण हज्जारौं नेपालीको ज्यान गएको समयमा हामीले अनलाईन रेडियो सन्चालन  कार्य निरन्तर दिन उचित ठानेनौँ।  आशा छ तपाईहरुले यस दर्दनाक घडीमा सन्चालन  गर्नु भएन राम्रो गर्नु भयो, भन्ने अवश्य ठान्नु भएको होला भन्ने आशा गर्दछौं। आफ्नो देश र नेपाल आमाको छातीमा भएको यो दर्दलाई चांडै सान्तवना मिलोस, भगवान श्री पशुपतीनाथ सँग  यहि प्रार्थना गरौँ; अनि आशा गरौँ , भविष्यमा अवश्य निरन्तर रेडियो सन्चालन  गर्नेछौं। धन्यवाद !

Sunday, April 19, 2015

मौसम बिवरणका लागी जानकारी

राजगढ़ बासी  सम्पुर्णमा यो जानकारी गराउन चाहन्छौँ  कि अब राजगढ़  तथा आसपासका गाउँ बिकास समिति साथै झापाको मौसम बिवरण सिधै अनलाईनबाट  हेर्न सकिनेछ। त्यसका लागी  यहाँ क्लिक गरेर Rajgarhat, East, NP टाईप गर्नुहोस, ५ दिन सम्मको ताजा मौसम बिवरण पाउन सक्नु हुनेछ। धन्यवाद !

Saturday, April 4, 2015

नमस्ते! नमस्ते!! नमस्ते!!!

तपाई सम्पुर्ण  साथी भाईको  सक्रियतामा यो राजगढ़ अनलाईन रेडियो खोल्न सफल भएका छौ। धन्यवाद सबैमा।
♥ हाम्रो राजगढ़  सदस्य समुह, राजगढ़, झापा, नेपाल।

Tuesday, March 24, 2015

झापामा अर्को धार्मिक स्थल - श्री डाँगी लक्ष्मीथान मन्दिर


  "झापामा अर्को धार्मिक स्थल"

श्री डाँगी लक्ष्मीस्थान मन्दिर, राजगढ़, झापा।
झापाको व्यापारिक मुटु बिर्तामोड देखि करिव २३ कि.मी. दक्षिणी गा.वि.स. राजगढको वडा न. १ मा रहेको अर्को धार्मिक स्थल जो कोहीलाई थाहा नहुन सक्छ। ३ वटा सामुदायिक बनको बीचमा पर्ने श्री डाँगी लक्ष्मीथान मन्दिर धार्मिक स्थलको महत्वको विषयमा सम्बन्धित निकायको नजर भन्दा बाहिर रहँदा यो संरक्षणको पखाईमा रहेको छ। बि.सं. २०३१ सालमा स्थानीय अमृतलाल राजवंशीले गाई-बस्तु चराउने क्रममा भगवान लक्ष्मी प्रत्यक्ष प्रकट भएको र सोही समयदेखि सो स्थानमा पानी जमेको हुँदा यसको विशेष महत्व रहेको पाईन्छ। यस मन्दिरको आसपासमा लोप हुन लागेको जनावर अजिंगर समेत पाईने हुँदा यस स्थानलाई पर्यटकीय स्थलको सम्भावना मान्न सकिन्छ साथै स्थानीय नदीहरु सिमसार सरह रहेको हुँदा यस क्षेत्रलाई झापाको पर्यटकीय स्थलको सम्भावनाको रुपमा लिन सकिन्छ । उक्त मन्दिरको भित्री भागमा कहिले पानी नसुक्ने जरुवा पानी रहेको पाईएको छ, भने सो क्षेत्रमा पूजा-आजा गर्न आउने भक्तजनहरुको मनोकांक्षा पुरा हुने गरेको पनि विश्वास राखिन्छ। सवारी साधनको अभावले गर्दा पनि मन्दिर क्षेत्र सम्म पुग्नका लागि सडकको समस्या, साथै स्थानीय अदुवा खोलामा पुलको अभावका कारणले पनि यो स्थान ओझेलमा पर्दै गएको देखिन्छ। यदि यस क्षेत्रलाई झापाका अन्य पर्यटकीय क्षेत्र सरह राज्यले संरक्षण गर्न सके यस स्थान सँगै राजगढको पहिचानमा थप टेवा पुग्ने छ।

नोट - यस जानकारीका लागी घेराबारी-६, झापाका मित्र शालिक आर. डि. ज्यु लाई धन्यबाद! यस मन्दिर सम्बन्धि अन्य बिबिध जानकारी भए जो कसैले पनि हाम्रा प्रतिनिधि ज्यु हरुलाई उपलब्ध गराएर सहयोग गरिदिन सक्नुहुनेछ।  धन्यवाद !
▬ कृष्ण प्यासी
     राजगढ़- ९, झापा।

Saturday, January 24, 2015

जानकारी...

सम सामयिक गतिबिधीको हेतु बोकेर यहाँहरु माझ आउने जमर्को गरेका छौ।  यहाँहरुको सल्लाह सुझाबको अपेक्षा गर्नेछौ ।

हाम्रो बारेमा...♠

All Blog in One...♠

ताजा पोस्टहरु...♠

Blog Archive...♠

Foot Visitors...♠

Radio Rajgadh Pro...♠