हाम्रो पुर्ण जानकारी...

Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)

Showing posts with label वार्ड नं. ९. Show all posts
Showing posts with label वार्ड नं. ९. Show all posts

Friday, August 21, 2015

झापाको जङ्गली हात्तीले राजगढमा सात घर भत्कायो

झापाको जङ्गली हात्तीले झापामा सात घर भत्कायो

२ भदौ ।
दक्षिणी झापाको राजगढमा
जङ्गली हात्तीले ‘उप्रदो’ मच्चाउन थालेपछि
स्थानीयबासी चिन्तित बनेका छन्।
विगत लामो समयदेखि स्थानीय चारकोशे
जङ्गलअन्तर्गत पर्ने मनकामना, साधुपर्ती,
लक्ष्मीथान सामुदायिक वनमा बसेका
हात्तीले एक सातामा दर्जनभन्दा बढी
स्थानीयको घर भत्काएपछि स्थानीयबासी
चिन्तित बनेका हुन्।
आज मात्रै जङ्गली हात्तीको समूहले राजगढ–५
र ९ नं वडाका सात घर भत्काएको साधुपर्ती
सामुदायिक वन समूहका अध्यक्ष यामबहादुर
गौतमले बताउनुभयो । हात्तीले दिनहुँ घर
भत्काउँदा लाखौँको क्षति भएको उहाँको
भनाइ छ।
जङ्गली हात्तीले राजगढ–५ निवासी
गीतादेवी दाहाल, वडा नं ९ निवासी
भीमबहादुर मोक्तान, विशाल मोक्तान,
लखीराम मुर्मू, वावुलाल मुर्मू, ठेम्क सोरेन र लेठू
मर्डिको घर भत्काएको अध्यक्ष गौतमले
जानकारी दिनुभयो।
ईलाका प्रहरी कार्यालय राजगढका प्रमुख
मनोज कुमार पौडेलले जङ्गली हात्तीले
अधिकांशको घरमा पूर्ण रुपमा क्षति पुर्याएको
र अन्नपातसमेत नष्ट गरेको बताए।

हाम्रो बारेमा...♠

All Blog in One...♠

ताजा पोस्टहरु...♠

Blog Archive...♠

Foot Visitors...♠

Radio Rajgadh Pro...♠