राजगढ़ बासी सम्पुर्णमा यो जानकारी गराउन चाहन्छौँ कि अब राजगढ़ तथा आसपासका गाउँ बिकास समिति साथै झापाको मौसम बिवरण सिधै अनलाईनबाट हेर्न सकिनेछ। त्यसका लागी यहाँ क्लिक गरेर Rajgarhat, East, NP टाईप गर्नुहोस, ५ दिन सम्मको ताजा मौसम बिवरण पाउन सक्नु हुनेछ। धन्यवाद !
Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)
Sunday, April 19, 2015
11:40 AM
मौसम बिवरणका लागी जानकारी
Saturday, April 4, 2015
10:09 AM
नमस्ते! नमस्ते!! नमस्ते!!!
Tuesday, March 24, 2015
10:22 PM
झापामा अर्को धार्मिक स्थल - श्री डाँगी लक्ष्मीथान मन्दिर
"झापामा अर्को धार्मिक स्थल"
झापाको व्यापारिक मुटु बिर्तामोड देखि करिव २३
कि.मी. दक्षिणी गा.वि.स. राजगढको वडा न. १
मा रहेको अर्को धार्मिक स्थल जो कोहीलाई थाहा नहुन सक्छ।
३ वटा सामुदायिक बनको बीचमा पर्ने श्री डाँगी लक्ष्मीथान
मन्दिर धार्मिक स्थलको महत्वको विषयमा सम्बन्धित निकायको नजर भन्दा बाहिर
रहँदा यो संरक्षणको पखाईमा रहेको छ।
बि.सं. २०३१ सालमा स्थानीय अमृतलाल राजवंशीले
गाई-बस्तु चराउने क्रममा भगवान लक्ष्मी प्रत्यक्ष प्रकट
भएको र
सोही समयदेखि सो स्थानमा पानी जमेको हुँदा यसको विशेष
महत्व रहेको पाईन्छ।
यस मन्दिरको आसपासमा लोप हुन लागेको जनावर अजिंगर समेत पाईने हुँदा यस
स्थानलाई पर्यटकीय स्थलको सम्भावना मान्न सकिन्छ साथै स्थानीय नदीहरु सिमसार सरह रहेको हुँदा यस
क्षेत्रलाई झापाको पर्यटकीय स्थलको सम्भावनाको रुपमा लिन सकिन्छ । उक्त मन्दिरको भित्री भागमा कहिले पानी नसुक्ने
जरुवा पानी रहेको पाईएको छ, भने सो क्षेत्रमा पूजा-आजा गर्न आउने
भक्तजनहरुको मनोकांक्षा पुरा हुने गरेको पनि विश्वास राखिन्छ।
सवारी साधनको अभावले गर्दा पनि मन्दिर क्षेत्र सम्म
पुग्नका लागि सडकको समस्या, साथै स्थानीय
अदुवा खोलामा पुलको अभावका कारणले पनि यो स्थान ओझेलमा पर्दै गएको देखिन्छ।
यदि यस क्षेत्रलाई झापाका अन्य पर्यटकीय क्षेत्र सरह
राज्यले संरक्षण गर्न सके यस स्थान सँगै राजगढको पहिचानमा थप टेवा पुग्ने
छ।
नोट - यस जानकारीका लागी घेराबारी-६, झापाका मित्र शालिक आर. डि. ज्यु लाई धन्यबाद! यस मन्दिर सम्बन्धि अन्य बिबिध जानकारी भए जो कसैले पनि हाम्रा प्रतिनिधि ज्यु हरुलाई उपलब्ध गराएर सहयोग गरिदिन सक्नुहुनेछ। धन्यवाद !
▬ कृष्ण प्यासी
राजगढ़- ९, झापा।
![]() |
| श्री डाँगी लक्ष्मीस्थान मन्दिर, राजगढ़, झापा। |
नोट - यस जानकारीका लागी घेराबारी-६, झापाका मित्र शालिक आर. डि. ज्यु लाई धन्यबाद! यस मन्दिर सम्बन्धि अन्य बिबिध जानकारी भए जो कसैले पनि हाम्रा प्रतिनिधि ज्यु हरुलाई उपलब्ध गराएर सहयोग गरिदिन सक्नुहुनेछ। धन्यवाद !
▬ कृष्ण प्यासी
राजगढ़- ९, झापा।


